कागेश्वरी मनोहरा नगरपालिका ९ मा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुग्यो: वडा अध्यक्ष कुन्दन खड्का
कपन अनलाइन
काठमाडौं बैशाख १५। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्काले मिति २०७८/०१/१४ गते सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ भित्र दोश्रो लहरको COVID सक्रमितको संख्या ६६ जना जना पुगेको जानकारी गराएका छन् ।उनले ६६ जना मध्ये चार जना निको भएको र हाल सक्रिय संक्रमित संख्या ६२ जना रहेको जानकारी गराए ।
उनले दिनप्रतिदिन संक्रमितको संख्या अप्रत्याशित रुपले बढ्दै गइरहेकोले सबै वडाबासिहरुलाइ नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारि गरेको आदेश र निर्देशन अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र निस्कन परेमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र निस्कन अनुरोध गरेका छन। उनले आफु पनि बाँचौ र आफ्नो परिवार सहित समाजलाई बचाउन समेत अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।