नयाँ वर्ष : बिजय कट्टेल ‘छहरा’ ( गीत )

नयाँ वर्ष : बिजय कट्टेल ‘छहरा’ ( गीत )

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

नयाँवर्ष फलोस फुलोस् शुभकामना !
समृध्दिको देश हेर्ने हाम्रो चाहना ।

रुखपात डालीमाथि बस्यो नयाँ रङ्ग
रिसराग हट्यो सारा छैन कोहीसँग
नयाँ सीप जोश छर्दै आयो नयाँवर्ष
फूलजस्तै फुलिरहून् नेपालीका हर्ष ।

स्वास्थ्य, शिक्षा समुन्नति सधैँ झाँगिरहोस्
प्रगति र सिर्जनामा मन लागिरहोस्
शान्ति छर्दै एकताले माया फुलिरहोस्
चारैतिर सुवासको बास्ना खुलिरहोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।