बोझिलो मन र ओसिलो नयन लिएर स्थापना दिवसको शुभकामना दिइरहेका कम्युनिस्ट कार्यकर्ता

बोझिलो मन र ओसिलो नयन लिएर स्थापना दिवसको शुभकामना दिइरहेका कम्युनिस्ट कार्यकर्ता

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९/पुन्यराज पुडासैनी 

२००६ शाल बैशाख ९ गते  अर्थात २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेता निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए ।

बैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री पुष्पलाललाई चयन गर्दै  निरञ्जन गोविन्द वैद्य, कमरेड नारायण विलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य बनेका थिए ।

सोहि महिना  भाद्र ३० मा पार्टीको केन्द्रीय सङ्गठन समिति, विधान र घोषणापत्र जारी गर्दै  किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका संगठित हुनका लागि पहिलो पर्चामा नै आह्वान गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी  स्थापनाको ४ वर्षपछि २०१० मा भएको पहिलो महाधिवेशनले  महासचिवमा मनमोहन अधिकारी निर्वाचित गर्यो भने २० १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिवमा चुनिएका थिए।

२०१७ साल पुष १ गते जब राजा महेन्द्रले गरेको पंचायत घोषणाको कदमलाई केशरजंग रायमाझीले समर्थन गरेका थिए भने पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारी लगायतका नेताहरु त्यसको विपक्षमा उभिए। पार्टी स्थापनाको एक दशक पछी नै नेपाल कम्युनिस्ट पार्टी विभाजन भयो।

पार्टी माथिको प्रतिवन्द र विभाजनले थिलथिलो भएर विघटनको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी २०२४ शालमा तेश्रो महाधिवेसन भएपनि त्यो एकता १ वर्ष पनि टिक्न सकेन जसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन छिन्न भिन्न र कमजोर बन्यो। कम्युनिट विचार र आदर्श छोड्न नसक्नेहरुलाई साना साना समुह निर्माण गरेर भएपनि आन्दोलन जारी राखेका थिए।

गद्दार पुष्पलाल ,कुन बाटो ,मूल बाटो जस्ता पुस्तकहरुले नेपालको कम्युनिस्ट आन्दोलन एकीकरण भन्दा पनि विभाजन तर्फ लैजान निकै ठुलो मलजल गर्यो जसको फलस्वरूप संगठनात्मक संगै बैचारिक विभाजन पनि देखियो। यसैको निस्कर्षमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस बनेका थिए।

त्यस पछी झापा विद्रोह पश्चात पुन एकीकरण र बलियो पार्टी निर्माणको अभियानले  २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठनको सुखद परिणाम दियो भने २०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी गठन गरेका थिए।

२०३६ शालमा भएको जनमत संग्रहलाई नेकपा माले र  मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले बहिस्कार गर्यो भने नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) कांग्रेसलाई सघायो।

२०३६ देखि २०४६ सम्म भिषण बैचारिक र राजनीतिक संघर्ष गरेका कम्युनिस्ट पार्टीहरुले पार्टी विस्तार र एकीकरणलाई तीव्रता दिएका थिए।

२०४३ शालमा भएको पंचायतको निर्वाचनमा नेकपा मालेले भाग लिएर ४ रास्ट्रिय पंचायत सदस्य सहित धेरै जनपक्षीय उम्मेदवारलाई जितायो  भने २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटाएर नेकपा (चौम) बनाए पछी नेकपा मशालले भने चुनाव बहिस्कार गर्दै सेक्टर काण्ड गर्यो जुन त्यो पार्टीको जीवनमा निकै महत्वपूर्ण मोड बन्यो।

२०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो भने  नेकपा(मशाल), नेकपा(मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनेको थियो।

त्यस पछी नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भएर बनेको नेकपा एमाले २०४८ शालको निर्वाचनमा ६९ सिट शक्तिशाली प्रतिपक्ष बन्यो भने संयुक्त  जनमोर्चाले ९ सिट जित्न सफल भयो।

त्यस पछी पनि नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनको शृंखला भने रोकिएन यसैको फलस्वरूप २०५१  शालमा नेकपा माओवादी बन्यो भने २०५४ शालमा नेकपा एमाले विभाजन भएर नेकपा माले गठन भयो।

त्यस पछी पनि विभाजन गठन पुनर्गठन हुदै २०७५ शाल जेष्ठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भयो।

२००६ शालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले नेपालको इतिहासमा शक्तिशाली सरकार सहित एकीकृत र बलियो पार्टी बनायो। करिव ६९ वर्ष पछी नेपालको कम्युनिस्ट आन्दोलनले एउटा स्वर्ण युगको आनन्द महसुस गरिरहेको थियो।

त्यो  स्वर्णिम दिन र परिवेषको लागि यो कालखण्डका तिन पुस्ता एकै साथ धेरै पुस्ताले कठोर संघर्ष गरेका थिए। तर दुर्भाग्य त्यो स्वर्णिम परिस्थीति अहिले विस्मय ,निरासा ,गुनासो र आरोप प्रत्यारोपमा परिणत भएको छ।

त्यस्तैले अहिले बाबाले घरमा ल्याएको रातो झन्डा देखेर्र रोमान्चित बन्दै हजुर बुवा ,बुवा र नाति संगै आन्दोलनमा होमिएको एउटा निष्ठावान युवा कार्यकर्ता अहिले बोझिलो मन लिएर पार्टी स्थापना दिवसको शुभकामना दिन बाध्य भएको छ।

अनि पार्टी एकीकरणका लागि आफ्नो जीवन भरिको संघर्ष र त्यागलाई समर्पण गरेको अर्को कार्यकर्ता आफ्नै विगतलाई सम्झिदै ओसिलो नयन लिएर पार्टी स्थापना दिवसको शुभकामना दिन बाध्य भएको छ।

कमरेड प्रदिप ज्ञवालीको शव्द सापटी लिएर भन्दा बस्ति माथि डडेलो लागिरहेको बेला पार्टी जीवनमा दशकौ विताएर पनि हासी हासी त्याग गर्न तयार एउटा नेता यति वेला अमिलो अनुभव लिएर पार्टी स्थापना दिवसको शुभकामना दिन बाध्य भएको छ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।