गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ  छ । सो  दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो । पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइँको प्रतिक्रिया ।