कर्णाली प्रदेसमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरे,एमालेका सांसदको फ्लोर क्रस
कपन अनलाइन।
कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्।
उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका छन्।शाहीलाई नेपाली कांग्रेसले पनि साथ दिएको थियो। राप्रपा तटस्थ बसेको थियो।
नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको बताइएको छ। विपक्षमा १५ मत खसेको थियो।
सो प्रदेसमा एमालेका प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अम्बर वहादुर थापाले फ्लोर क्रस गरेका हुन् ।
तपाइँको प्रतिक्रिया ।