आगलागी पिडित गाउँपालिका अध्यक्षको घरमा प्रदेस नं १ का मुख्यमन्त्री र मन्त्री

आगलागी पिडित गाउँपालिका अध्यक्षको घरमा प्रदेस नं १ का मुख्यमन्त्री र मन्त्री

कपन अनलाइन

ओखलढुंगा ,बैशाख ३।

प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राई र  भौतिक पूर्वाधार मन्त्रि अम्बिरबाबु गुरुङले चट्याङ परेर आगलागी हुँदा नस्ट भएको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घर निरीक्षण गरेका छन।

लिखु गाउँपालिका वडा नं ८ भन्ज्यांगमा पुगेका मुख्यमन्त्री राई  र  मन्त्रि गुरुङले घटनाको विवरण लिनुका साथै गाउँपालिका अध्यक्ष सहित स्थानीयहरु संग छलफल गरेका थिए।

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष  गोबिन्द बहादुर पौडेल र लिखु-८ का वडा अध्यक्ष बिसाल पौडेलको घर चट्याङमा परेर क्षेतिग्रस्त भएको थियो।

गएराति परेको चट्याङका कारण भएको आगलागीमा परेर घर नस्ट भएको छ भने कुनै मानवीय क्षेती भने भएको छैन।

तपाइँको प्रतिक्रिया ।