मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वरका राई पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वरका राई पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९ ।

मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका-५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।
जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएकोमा पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा पीडितलाई उद्दार गरिएको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको उक्त व्यूरोले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।