तारकेश्वर नगरपालिका वडा नं ४ स्थित लोलाङमा ढल तथा सडक उद्घाटन

तारकेश्वर नगरपालिका वडा नं ४ स्थित लोलाङमा ढल तथा सडक उद्घाटन
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २९।

तारकेश्वर नगरपालिका वडा नं ४ स्थित लोलाङ, सुन्दरचोक उपभोक्ता समितीको आयोजनामा ढल तथा  बाटो निर्माण उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी शहरी बिकास राज्य मन्त्री एवंम काठमाडौ क्षेत्र नं ७ का प्रतिनिधि सभा सदस्य  रामवीर मानन्धरले राजनैतिक स्थायित्वले नै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकिने भन्दै यसका लागि सबै एकजुट हुनुपर्ने धैर्यता हुनुपर्ने कुरामा जोड दिएका थिए ।

सो  योजना शहरी बिकास राज्यमन्त्री तथा क्षेत्र नं ७ का माननियको विशेष पहल र सक्रियतामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न भएको छ।

सो उद्घाटन  कार्यक्रममा तारकेश्वर नगरप्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी धिताल,वडा नं ४का वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले वडामा भएको प्रगति र अब गर्नुपर्ने योजनाका बारेमा मन्तब्य राखेका थिए।

उक्त समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद ढुंगेलले गरेका थिए भने संचालक अर्जुन घिमिरे रहेका थिए  ।

तपाइँको प्रतिक्रिया ।