सुरभिको १२३ औँ आख्यान वाचन

सुरभिको १२३ औँ आख्यान वाचन

कपन अनलाइन

बुटवल ,चैत्र २६  ।

सुरभि साहित्य प्रतिष्ठानको १२३ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको प्रमुख अतिथि साहित्यकार गङ्गा कर्माचार्य पौडेल रहेका थिए  भने अतिथिहरूमा गोविन्द घिमिरे वेदमणि, अच्युतप्रसाद चालिसे, उद्धव रायामाझी र विश्व कुइँकेल रहेका थिए ।

प्रतिष्ठानकी सदस्य मेनका पोखरेल आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा रञ्जना पराजुली लम्साल, गङ्गा कर्माचार्य पौडेल, महेश कुमार वाग्ले, रामकुमार पण्डित, विश्व कुइँकेल, भोलाराज सुवेदी, अच्युतप्रसाद चालिसे, गोविन्द घिमिरे वेदमणि, सुरेश सुवेदी, परशुराम पराशर लगायतले कथा, लघुकथा र निबन्ध वाचन गरेका थिए।
कार्यक्रममा वाचित रचनाहरुको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गरेका थिए भने  कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि गङ्गा कर्माचार्य पौडेलले सुरभि साहित्य प्रतिष्ठानले धेरै कथाकार जन्माएको र पहिले नै जन्मिएका कथाकारलाई वरिष्ठ बनाएको कुरा बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।