टोखा नगरपालिका वडा नं ५ मा निशुल्क कम्प्युटर तालिम सन्चालन

टोखा नगरपालिका वडा नं ५ मा निशुल्क कम्प्युटर तालिम सन्चालन

कपन अनलाइन

बुटवल ,चैत्र २६  ।

टोखा नगरपालिका वडा नं. ५ को आयोजनामा टोखा निवासी नागरिकहरुको लागि ३ महिने कम्प्युटरको आधारभूत तालिम सन्चालन गरिएको छ । उक्त कम्प्युटर आधारभूत तालिममा २२ जनाले सहभागी हुने अवसर पाएका छन् ।

दिनमा बिहान र दिउँसो गरी दुई सिफ्टमा कम्प्युटर आधारभूत तालिम सञ्चालन भएको छ । वडा नं. ५ को बजेट तथा आयोजनामा सन्चालन गरिएको ३ महिने तालिमको लागि ३ लाख को बजेटको व्यवस्था गरिएको टोखा ५ का वडाध्यक्ष जगन्नाथ ढकालले जानकारी दिएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।