शान्ती वैकल्पिक महिला बिद्यालय गोकर्णेश्वरको आयोजनामा तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौं,चैत्र २५। गोकर्णेश्वर नगरपालिकामा निशुल्क आधारभूत तीन महिने कम्प्युटर तालिम सम्पन्न भएको छ नगरपालिकाको सहयोग तथा शान्ती वैकल्पिक महिला बिद्यालय गोकर्णेश्वर ५ को आयोजनामा २०७७ साल पौष २४ गते देखि शुरु भएको सो तालिम चैत्र २४ गते सम्पन्न भएको हो। जोरपाटी स्थित जूम क्याफेमा प्रतिनिधि सभा सदस्य कृष्ण राइको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ७ कि वडा सदस्य बिन्दा सापकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य मुकुन्द फुयाल ,वडा सदस्य दुर्गा फुयाल तिमिल्सिना, वडा सदस्य लिलामणि खतिवडा,लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता शान्ती वैकल्पिक महिला बिद्यालयकि शान्ती श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संचालन समाजसेवी गायत्री ढकाल दंगालले गरेकी थिइन् । समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरेको आयोजकले जानकारी गराएको थियो।कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ७ कि वडा सदस्य बिन्दा सापकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य मकुन्द फुयाल ,वडा सदस्य दुर्गा फुयाल तिमिल्सिना, वडा सदस्य लिलामणि खतिवडा, प्रशिक्षक राजेन्द्र चौलागाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर ,तालिममा सहभागी हुन पाउँदा चुलोचौकामा सीमित महिलाहरु उत्साहित बनेको बताएका थिए ।
‘महिलालाई सधैँ सिलाइ/कटाइजस्ता तालिम दिने गरिएको तर, नयाँ–नयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको बताइएको थियो ।प्राबिधिक शिक्षा आजको आवश्यकता भएको बताउदै यस्ता तालिमले क्षमता अभिबृद्दिमा सहयोग पुग्ने बिश्वास सहित सिकेका ज्ञानलाइ आगामी शिक्षा र ब्यवसायिक जीवनमा उपयोगी बनाउन सहभागिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाण पत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले आयोजकलाइ धन्यवाद दिदै सहभागीहरुलाई सिकेको सिपलाई पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए। उनले अहिलको प्रबिधिको युग भएकाले आधारभुत कम्युटर तालिममा सिकेको कुरालाई ब्यवहारिक रुपमा अघि लैजान पर्नेमा जोड दिएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै शान्ती वैकल्पिक महिला बिद्यालयकि शान्ती श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने बताएकी थिइन ।