निम्तो आयो : डा.शेषराज आचार्य (कविता )

निम्तो आयो : डा.शेषराज आचार्य  (कविता )
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २१।

सब रङ् छरियो उमङ्ग छरियो
नव यौवनाको निम्तो नै आयो ।
मादक फूलको सुगन्ध छर्दैनै
नव यौवनाको निम्तो नै आयो ।।

अबीर मुख गालामा दल्दै पो
नव यौवनाको निम्तो नै आयो ।
फागु खेलौं हामी भनेर नै पो
नव यौवनाको निम्तो नै आयो ।।

रङ्ग पिचकारी बेलुन हान्दै नै पो
नव यौवनाको नै निम्तो आयो ।
कोईलीको कुहूँ कुहूँ स्वर सँगै
नव यौवनाको निम्तो नै आयो ।।

बसन्तको बगैचामा रमाउन नै
नव यौवनाको निम्तो नै आयो ।
आपस्मा रङ्गअबीर दल्न नैपो
नव यौवनाको निम्तो नै आयो ।।

रानीमहल ताजमहल जान नै
नव यौवनाको निम्तो नै आयो ।
सुकोमल हातले अबीर दल्ने
नव यौवनाको निम्तो नै आयो ।।

बसन्तको वहारसँगै रमाउन
नव यौवनाको निम्तो नै आयो ।
चाँदनीको उज्यालोमा नाच्न
नव यौवनाको निम्तो नै आयो ।।

बसन्तमा ढेप्पिएर बस्नलाई नै
नव यौवनाको निम्तो नै आयो
मेरो मन रमायो फागु खेल्न नै
नव यौवनाको निम्तो नै आयो ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।