संघर्षका पाइलाहरू : सुजन तिमल्सिना (कविता )
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २१।
मनभरी खेलिरहेका कुराहरू
बताससरी होडबाजी गरिरहेका
तानाशाहहरू,
तिम्रो हाम्रो र उसको कोमल
हृदयस्पर्शी भएका रङ्गिन भावनाहरू
एकाध दिनमा सबै कल्पनामा नै रह्यो ।
म भने अतितका बुलन्द यादहरूमा
सधैं तड्पिरहे,
पानीको थोपाले जमीन स्पर्शको
लागि गरेका संघर्षहरू
सधैं जमीनमा नैंं विलाएपछि हो,
म पनि मेरो बुबाको निधारबाट बगेका
पसिनाहरूलाई निमिट्यान्न पार्न
संघर्षको मैदानमा लडेको योद्धासरी
उसको योगदानको कदर गर्दै
सधैं उसको निधार ओभानो
देखाउन लागि परेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।