२५ वर्ष सेवा गरेको बालउद्दार मावीबाट विदाई हुँदा एक लाखको अक्षयकोष स्थापना
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
शिक्षासेवी डोर प्रसाद आचार्यले २५ वर्ष सेवा गरेको बालउद्दार मावीबाट विदाई हुँदा एक लाखको अक्षयकोष स्थापना गरेका छन। विद्यालयको शैक्षिक उन्नयन र विद्यार्थीहरुको शैक्षिक विकासका लागि आफुले लामो समय सेवा गरेको विद्यालयमा अक्षय कोष स्थापना गरेको आचार्यले बताएका छन।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बाल उद्दव माविको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनले उक्त अक्षय कोषको घोषणा गरेका हुन।
२०५५ शाल देखि २०६६ शाल सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार मावीको प्रधानाध्यापक रहेका आचार्यले २०४७ शालमा बालज्योति प्रावी काभेपलान्चोक बाट शिक्षण पेसामा प्रवेस गरेका थिए।
तपाइँको प्रतिक्रिया ।