पठाओ अंकित कपडा नलगाउन निर्देशन

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १० ।

तीव्र विवादका बीच अन्ततः सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन निर्देशन  जारी गरेको छ ।  कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा  कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले राइडरहरुमा यस्तो सूचना गरेको छ । अन्यथा, त्यसबाट घट्न सक्ने घटना र कारबाहीबाट स्वयम् राइडरले भोग्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  ‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालिले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ ।

तपाइँको प्रतिक्रिया ।