कागेश्वरी मनोहरा नगरपालिका–८ मा एक युवतीलाई प्रेमीले मट्टीतेल खन्याएर आगो लगाए

कागेश्वरी मनोहरा नगरपालिका–८ मा एक युवतीलाई प्रेमीले मट्टीतेल खन्याएर आगो लगाए

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १०।

काठमाडौंमा एक १९ वर्षीया युवतीलाई उनकै प्रेमीले मट्टितेल खन्याएर आगो लगाएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएको प्रहरीले जानकारी दिएको छ । प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रेमीले आगो लगाएकी युवती गम्भीर घाइते भएकी छन् । युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ । युवकले लागूऔषध सेवन गरेर शुरुमा युवतीलाई कुटपिट गरेको र पछि मट्टितेल खल्याएर आगो लगाएको पाइएको छ । युवतीको निधारमा चोट लागेको छ । दुवै जना अस्पतालमा रहेकाले घटनाको विस्तृत खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।