शिक्षासेवी डोर प्रसाद आचार्यले ३१ वर्ष शिक्षण पेसामा बिताएर बालउद्दार मावी बाट बिदा लिए
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
शिक्षासेवी डोर प्रसाद आचार्यले ३१ वर्ष शिक्षण पेसामा बिताएर बिदा लिएका छन।२०५५ शाल देखि २०६६ शाल सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार मावीको प्रधानाध्यापक रहेका आचार्यले २०४७ शालमा बालज्योति प्रावी काभेपलान्चोक बाट शिक्षण पेसामा प्रवेस गरेका थिए।
घ्याम्पादेवी निमावी फर्पिंग,भाग्योदय मावी शाखु र अरुणोदय मावी आरुवारी हुदै बालउद्दार मावीमा २०५३ शाल चैत्र १ गते प्रवेस गरेका उनले २०७७ चैत्र ८ गते विद्यालय बाट रमाना बुझेका हुन।
करिव २५ वर्ष बालउद्दार मावीमा बिताएका आचार्यले विद्यालयलाई प्राथमिक तह बाट उच्च मावी तह सम्म पुर्याउनुका साथै भौतिक र शैक्षिक पूर्वाधार विकासमा ध्यान दिएको बताउदै सो विद्यालय आफ्नो जीवनमा सधै स्मरणीय रहने धारणा राखेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका आचार्यले विद्यालयको विकासमा महत्वपूर्ण योगदान रहेको बताउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्वप्रसाद घिमिरेले उनको अनुभव र ज्ञान आगामी दिनमा पनि उपयोगी हुने धारणा राखेका छन।