नेताहरुलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ७।
नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन।
यसै क्रममा ३८ सांसदको तर्फबाट ज्ञापनपत्र बुझाउन पुगेका तीन सांसदलाई दलका नेता केपी शर्मा ओलीले व्यक्तिगत धारणा सुन्ने तर गुटको प्रस्ताव स्वीकार नगर्ने बताएका थिए ।
संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता ओलीले आफ्नो निर्देशन विपरित भेला गरेको भन्दै अगुवाहरुलाई स्पष्टीकरण सोधिने बताउदै भट्टराईले आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।