एडभान्स चामुण्डा ईन्टिच्युटले शनिबार अनिवार्य गणित अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गर्ने

एडभान्स चामुण्डा ईन्टिच्युटले शनिबार अनिवार्य गणित अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गर्ने

कपन अनलाइन

काठमाडौं फागुन २८ । हामी  गफमा होइन , काममा बिश्वास गर्छौ भन्ने मुल नाराको साथमा जोरपाटीमा संचालित  एडभान्स चामुण्डा ईन्टिच्युटले शनिबार कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने  निशुल्क तालिम आयोजना  गर्ने भएको छ। शनिबार चावहिलको बिनायक सिद्ध क्याम्पसमा अपरान्ह १.३० बजेदेखि  शुरु हुने उक्त तालिममा नेपालका ख्यातीप्राप्त गणित विषयका प्रशिक्षकहरु द्वारा प्रशिक्षण  प्रदान गरिने इन्सिच्युटका प्रोपाइटर दिपक रायमाझीले जानकारी गराए।

 ईन्स्टिच्युटले हरेक बर्ष एसईई दिने विद्यार्थीहरुका लागि प्रतियोगी परिक्षा समेत सञ्चालन गर्दै आएको  जानकारी गराउदै उनले शनिबार हुने एकदिने निशुल्क तालिममा सहभागी हुने शिक्षकहरुलाई प्रमाणपत्रको व्यवस्था गरेको  रायमाझीले बताए । काठमाण्डौका पुर्वी भेगमा अवस्थित विद्यालयमा कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको भन्दै  उक्त तालिममा सहभागी हुन पनि इच्छुक सबैलाई अनुरोध गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।