Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/158863075_440484177170711_4480019520350267090_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/159461394_440483857170743_3765056304131701588_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/158852578_440484350504027_4503810138875966071_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर महादेव मन्दिरमा आयोजित शिवरात्री बिशेष बागमती गङ्गा आरती सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फागुन २८  । महाशिवरात्रीको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा बिशेष बागमती गङ्गा आरती  सम्पन्न  भएको छ। गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार  गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा बिशेष  बागमती गङ्गा आरती गरिएको हो   । अपरान्ह ४ बजे देखि भजन किर्तन सहित आयोजना  भएको  उक्त कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्।डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम् ॥१॥ यो शिब ताण्डब स्त्रोतम घन्किना साथ सयौंका संख्यामा उपस्थित  सबै जना भक्ति भावका साथ उत्साहित हुदै साङ्गीतिक आरतीको माहोलमा भुलेका देखिन्थे ।

धार्मिकस्थलहरुको विकास संगै पर्यटकहरुको  आकर्षण बढाउने उदेश्य सहित सुरु गरिएको बागमती गङ्गा आरातिले लकडाउनमा समेत सिमित व्यक्तिको उपस्थितिमा निरन्तरता पाएको थियो ।शिवरात्रीलाई बिसेष बनाउनको लागि पनि बिशेष बागमती गङ्गा आरती राखिएको गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले जनाएको छ ।

शिवरात्रिको अवसर पारेर गोकर्णेश्वर महादेव मन्दिरमा आध्यात्मिक प्रवचन समेत गरिएको थियो   केहि दिन अघि मात्र गोकर्णेश्वर महादेव मन्दिर को प्रचार प्रसारको हेतु मन्दिर परिसरमा डिजिटल डिस्प्ले बोर्ड समेत राखिएको छ ।जसको बुधबार नगर प्रमुख सन्तोष चालिसे र उप प्रमुख शान्ती नेपालले संयुक्त रुपमा सो बोर्डको उदघाटन गरेका थिए।

फोटो : आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।