उपप्रधानमन्त्री ईश्वर पोखरेललाई तराई मधेसमा न्यानो स्वागत

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई तराई मधेसमा न्यानो स्वागत

कपन अनलाइन

पर्सा ,फागुन २७।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकापा एमालेका महासचिव ईश्वर पोखरेल पछिल्लो समय तराई मधेसमा निरन्तर सक्रिय रहेका छन ।  लामो समय सो क्षेत्रमा भूमिगतकालिन राजनीतिमा बिताएका उपप्रधानमन्त्री पोखरेलले नेकपामा देखेको विवाद संगै धेरै जिल्लाहरुमा पुगेका थिए।

सो क्षेत्रका जनता बाट न्यानो स्वागत पाएका अघिल्लो चरणमा धनुषा ,महोत्तरी ,मोरंग ,रौतहट,सिराहा लागयतका जिल्लाका कार्यक्रमहरुमा सहभागी भएका पोखरेल पुन तराई मधेसका विभिन्न जिल्लाहरुको भ्रमणमा निस्किएका छन।

फागुन २६ गते पर्सा जिल्लामा भएको कार्यक्रममा सहभागिता जनाएका उपप्रधानमन्त्री पोखरेलले फागुन २७ गते बिरगंजमा प्रेस संगठन पर्साले आयोजना पत्रकार सम्मेलनमा अन्तरक्रिया गरेका थिए।

त्यस्तै फागुन २७ गते नै बाराका स्थानीयहरु संग भेटघाट तथा रौतहट जिल्लामा विभिन्न कार्यक्रमहरुमा उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

धनुषा जिल्लामा आयोजना भएको कपा मालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको समयमा सो क्षेत्रको इन्चार्ज रहेका पोखरेललाई जनकपुर क्षेत्रमा कमरेड नबिन उपनामले चिनिने गरेको छ।

तपाइँको प्रतिक्रिया ।