गहन रास्ट्रिय जिम्मेवारी पुरा गर्दै डा.राजन भट्टराई

गहन रास्ट्रिय जिम्मेवारी पुरा गर्दै डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौं ,फागुन २७।

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारले दिएको गहन जिम्मेवारी सफलता पुर्वक पुरा गरेका छन।

नेपालमा दिगो शान्ति स्थापना गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपनालाई पुरा गर्दै विकासको बाटोमा द्रुत गतिमा देशलाई अगाडी बढाउनका लागि शशस्त्र द्वन्द अन्त्य गर्नका लागि विप्लव नेतृत्वको नेकपा संग वार्ता मार्फत सहमति निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका डा.राजन भट्टराईले देश हितलाई केन्द्रमा राखेर गरेका जुन सुकै काम पनि सफल हुने विस्वास व्यक्त गरेका  छन।

नेपालमा शशस्त्र र विखण्डनवादी आन्दोलनलाई शान्तिपूर्ण बाटोमा ल्याउनु निकै ठुलो र दुरगामी महत्वको विषय भएको बताउदै डा. भट्टराईले अव नेपाल र नेपालीको मूल लक्ष्य समृद्धि हुनुपर्ने धारणा राखेका छन।

त्यस्तै पछिल्लो समयमा जसपा संग छलफलका लागि बनाइएको कार्यदलको सदस्य रहेका डा.भट्टराईले रास्ट्रिय जिम्मेवारी संगै काठमाडौं क्षेत्र नं ४ को विकास र जनताकाहरु संग पनि नियमित सम्पर्कमा रहेका डा. भट्टराईलाई कपन अनलाइनको मेलम्चीको पानी काठमाडौं झरेको दिन निकै प्रफुल्लित देखिनुभयो नि ? भन्ने प्रश्नमा उनले आफुले  क्षेत्र नं ४ का जनतालाई गरेको वाचा पुरा हुने देख्दा स्वाभाविक खुसि लाग्ने प्रतिक्रिया दिएका छन।

आफु रास्ट्रिय जिम्मेवारीमा जति  व्यस्त हुनुपरे पनि स्थानीय योजना र समस्या समाधानका लागि जसरि पनि समय व्यवस्थापन गर्ने बताउदै डा.भट्टराईले विकास योजनालाई समयमै सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्नका लागि जनप्रतिनिधि र स्थानीयहरुलाई आग्रह समेत गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।