चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
कपन अनलाइन
काठमाडौं ,फागुन १८।
चीनले नेपाललाई कोभिड–१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप सहुलियत अनुदानमा खोप दिने बताउनुभएको हो ।
यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ ।
तपाइँको प्रतिक्रिया ।