ककनी गाउँपालिका नुवाकोटमा शुभकामना आदानप्रदान तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

ककनी गाउँपालिका नुवाकोटमा शुभकामना आदानप्रदान तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

नुवाकोट ,फागुन १७/शान्ति लामा

ककनी गाउँपालिका नुवाकोटमा शुभकामना तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।  ककनी गाउँपालिका वडा नं १ पदेलि नुवाकोटमा पहिलो पटक २८५७ औं लाङ (म्हे) ल्हो प्रबचन,शुभकामना तथा ल्होछार साँस्कृति कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आचार्य सर्बजित गाेङवाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का  अध्यक्ष मान चन्द्र बहादुर श्रेष्ठ, कलाकार  बुद्धि तामाङ(हैट), तामाङ फिल्मका  नायक अमीर दोङ तामाङ र नायिका सुश्मा मोक्तान लगायत अतिथि रहेका थिए।

गायक र गायिकाकाे रूपमा प्रेम लोप्चन, शशिकला मोक्तान , युवि मङ्ग्रेस ,  उर्गेन दोङ तामाङ लगायतको प्रस्तुति रहेको   कार्यक्रमको संयोजक   कोन्जोसोम समुहका  अध्यक्ष सुर्य तामाङ रहेका थिए भने अध्यक्षता अध्यक्ष राजु तामाङले गरेका थिए ।

कार्यक्रममा  स्थानीय कलाकारहरुको प्रस्तुति पछि  प्रमुख अतिथि आचार्य सर्वजित गोङ्वा तामाङले प्रबचन दिएका थिए ।कार्यक्रममा तिनपिपलेका स्थानीय खेलाडीहरुको कार्यक्रममा  WKN खेल प्रदर्शन पनि रहेको थियो।

(शान्ति लामा  सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।