जिल्ला सहकारी संघ तारकेश्वर नगर समिति गठन

कपन अनलाइन

काठमाडौं ,फागुन ११।

जिल्ला सहकारी संघ तारकेश्वर नगर समिति गठन भएको गरिएको छ ।

नेपालटारको कान्तिपुरी ए बि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडले काठमाडौं भित्र रहेका १० नगरपालिकाहरूको नगर स्तरीय उपसमितिहरूको गठन एवं सपथ ग्रहण सम्पन्न गरिएको सहकारी अभियान्ता एवं समाजसेवी अनिल भण्डारीले बताए ।

त्यस्तै  तारकेश्वर नगर समितिको  अध्यक्षमा राधाकृष्ण खड्की चयन भएका छन भने उपाध्यक्षमा कमल रिमाल , सचिवमा कबिन्द्र रिमाल , कोषाध्यक्षमा तिर्थ लक्ष्मी मर्हजन रहेका छन । उक्त  समितिका सदस्यहरुमा हरि प्रसाद सापकोटा , अनिल भण्डारी ,नबिन डंगोल , ईश्वर तिवारी , रामलाल मर्हजन , अमर मर्हजन , पूर्ण प्रसाद तिमिल्सिना रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष  के बि उप्रेती र बिशेष अतिथि काठमाडौंका अध्यक्ष  ग्यान बहादुर तामाङ रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।