जिन्दगी कुदोस् : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन ८ ।

बाँचजिन्दगी सुख्खमै सके
नाँचलौ व्यथाबिर्सँदै सखे
हाँस बेसरी गाँस प्रेम हो
भन्दथे बुढा बाहरू अहो !

आशआशमै दौडिएँ कता?
त्रास त्रासमै पौडिएँ कता?
तेल सक्किँदो दीपझैँ बनी
के बुझेँभनौँ लौन जिन्दगी ।

भन्दथेँ सधैँ जिन्दगीलता
भैदियो यताजिन्दगीव्यथा
भोकप्यासकाश्रृङ्खलाहरू
चढ्नु पर्छ तीनित्य के गरूँ

हेर्छु रम्यता घाम जूनको
देख्छु स्वादिलो धर्म नूनको
रोज्छु सत्यमाधाउनेहरू
गीतकर्मका गाउनेहरू ।

लक्ष्य एक होस्चित्त साथहोस्
नित्य सङ्लिँदै सल्ल यो बगोस्
ठान्छु रोकियोस् त्रासको झरी
जिन्दगीकुदोस् भन्छु बेसरी ।

सहकार्य :क्पान बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।