चम्पादेवीका जनताहरुको आकर्षण नेकपा ओली पक्षमा बढेको छ : नेकपा अध्यक्ष खेम मिश्र
कपन अनलाइन
ओखलढुंगा ,फागुन २।
नेपाल कम्युनिस्ट पार्टी चम्पादेवी गाउँकमिटीका अध्यक्ष खेम मिश्रले चम्पादेवीका जनताहरुको आकर्षण नेकपा ओली पक्षमा बढेको बताएका छन।
नेकपामा देखिएको विवाद नेकपा ओली पक्षको जल्किनीमा भएको भेलाले अध्यक्षमा चयन गरे संगै गाउँपालिकाका १० वटै वडाको भ्रमण गरेका मिश्रले गाउँपालिकाका जनताको आकर्षण र सद्भाव रहेको बताएका हुन्।
गत स्थानीय तहको निर्वाचनमा १० मध्ये ४ वटा वडामा बिजयी बनेका नेकपाका वडा अध्यक्षहरु प्रचण्ड -नेपाल पक्ष तर्फ लागेको भनेर प्रचार गरिए पनि अवस्था त्यस्तो नरहेको धारणा राख्दै उनले स्थानिय जनता र जनप्रतिनिधिहरु आफ्नो साथमा रहेको दावी गरेका छन।
ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको क्षेत्रीय अध्यक्ष हुदै कोषाध्यक्ष बनेका मिश्रले केहि जनतामा चुनाव चिन्ह लगायतका सामान्य समस्या देखिएता पनि चम्पादेवीमा विगतका घटना र पृष्ठभूमिलाई जनताले गम्भीर रुपमा विश्लेषण गरिरहेको बताए।
आगामी दिनमा गाउँपालिकामा संगठन विस्तार र परिचालनको अभियान संगै गाउँपालिकामा देखिएको अव्यवस्था र विसंगतिका वारेमा खबरदारी गर्ने बताउदै उनले विकास र समृद्धि संग जनतालाई जोड्ने पहल गर्ने जानकारी दिएका छन ।