रामहरी खतिवडाको यज्ञराज सुनुवारलाई व्यंग्य , “तपाइले मेरो नाम बिर्सनु भयो ,जनताले तपाइलाई बिर्से”

रामहरी खतिवडाको यज्ञराज सुनुवारलाई व्यंग्य , “तपाइले मेरो नाम बिर्सनु भयो ,जनताले तपाइलाई बिर्से”

कपन अनलाइन

ओखलढुंगा ,फागुन ३ ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले विगठित प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारलाई “तपाइले मेरो नाम बिर्सनु भयो ,जनताले तपाइलाई बिर्से,” भन्दै व्यंग्य गरेका छन।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला समितिले मोलुंग गाउँपालिकाको प्राप्चामा आयोजना गरिएको विरोध सभामा बोल्दै खतिवडाले कांग्रेस ओखलढुंगा एकमत रहेकोले आगामी दिनमा कम्युनिस्टहरुलाई जनताले बिर्सने धारणा राखेका छन।

सुनकोशी पुल ,विभिन्न एकवार सडक सहित  ओखलढुंगा जिल्लाका महत्वपूर्ण पूर्वाधार निर्माणमा कांग्रेसको अहम भूमिका रहेको दावी गरेका उनले मंचमा रहेका खिलानाथ दाहाल,बालकृष्ण दाहाल,प्रदिप सुनुवार लगायतको नाम लिदै अवका दिनमा रुख चिन्ह बोकेर आउने जोसुकै भए पनि साझा उम्मेदवार हुने धारणा राखेका थिए।

ओखलढुंगा जिल्लामा भएको एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले आफु संग पराजित उम्मेदवारको नाम विर्सेको भन्दै गरेको व्यंग्यको उत्तर फर्काउदै खतिवडाले आफ्नै निकटतम प्रतिद्वन्दीलाई नासंझिने नेताले जनतालाई कसरि सम्झिए होला ? भन्दै व्यंग्य गरेका थिए।

त्यस्तै चिसंखुगढी गाउँपालिकाको कार्यक्रममा  प्रदेसका भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिर गुरुङले यज्ञराज सुनुवारलाई लक्षित गर्दै दिएको  अभिब्यक्ति प्रति संकेत गर्दै उनले कम्युनिस्टहरु बाझ्न थाल्दा कांग्रेस एकमत हुनुपर्ने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।