रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमायो
कपन अनलाइन
काठमाडौं ,माघ २९ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमाएको छ ।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जि दिइएको हो । रामकुमारीले पक्राउ पुर्जिबिना गिरफ्तारी नदिने अडान लिएकी थिइन् ।
उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जि थमाएको हो ।
तपाइँको प्रतिक्रिया ।