काठमाडौं महानगरपालिकामा १७२ जना कर्मचारी माग

काठमाडौं महानगरपालिकामा १७२ जना कर्मचारी माग

कपन अनलाइन

काठमाडौं ,माघ २९ ।

काठमाडौं महानगरपालिकाले एलएलसी (एसइइ) उत्तिर्ण १७२ जना कर्मचारी माग गरेको छ। महानगरले विद्यालयमा  नेपाल भाषा अध्ययन गराउनका लागि प्रशिक्षण सहायक माग गरेको हो। यो सहायक स्तर चौथो तह हो। कर्मचारी करारमा लिने महानगरले जनाएको छ।

आवेदन दिनेहरुहरुले परीक्षा दिनुपर्नेछ जसमा कुल ११० पुर्णाङ्कको परीक्षा हुनेछ। यसमध्ये लिखित १०० र मौखिक १० पुर्णाङ्कको हुनेछ।

१८ देखि ४० बर्षसम्म उमेरकाले आवेदन दिन पाउने छन्। नेपाल भाषा संरक्षण र सम्बर्द्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न, लेख्न र प्रशिक्षण गर्न योग्य छ भनि दिएको सिफारिसपत्र अनिवार्य रुपमा चाहिन्छ।

न्यूनतम एक बर्ष शिक्षण अनुभव भएकाहरुलाई उमेरको हद नलाग्नुका साथै  महानगरका बासिन्दालाई प्राथमिकतामा राखिएको छ। आवेदन शुल्क  ५०० रुपैयाँ पर्नेछ भने आजको मितिबाट १५ दिनभित्र दिइसक्नु पर्छ।

 

तपाइँको प्रतिक्रिया ।