जिसस सिन्धुपाल्चोक प्रमुख र मेलम्चीका मेयर बजार बन्द गराउन हिडेपछि…….

जिसस सिन्धुपाल्चोक प्रमुख र मेलम्चीका मेयर बजार बन्द गराउन हिडेपछि…….

कपन अनलाइन

काठमाडौं ,माघ २२ /दिपक विक्रम देउजा

आज माघ  २२ गते नेकपा प्रचण्ड -नेपाल समुहले आव्हान गरेको देश ब्यापी आम हड्तालको प्रभाव सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा पनि परेको छ।

यसै क्रममा  सिन्धुपाल्चोक जिल्लाको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको मेलम्ची बजारका व्यवसायी र जनताहरुले बन्दको बिहानै निकै रोचक र घोचक दृश्य देखेका छन।

जनता र जनप्रतिनिधिको मत प्राप्त गरेर साझा प्रतिनिधि बनेका जिसस प्रमुख कृष्ण गोपाल तामांग र मेलम्ची नगर प्रमुख डम्बर अर्याल आफै नेतृत्व गरेर बजार बन्द गराउदै हिडेको दृश्य रोचक थियो भने आफ्नै प्रतिनिधि बाट जनता पिडित बनेको दृश्य घोचक रहेको थियो।

नेपालका ७७ जिल्ला मध्ये माधव कुमार नेपालको सबैभन्दा मजबुत जिल्ला भनेर चिनिने सिन्धुपाल्चोकमा नेता एक तिर कार्यकर्ता अर्को तिर हुने अवस्था सृजना भए पछि जिल्लाका प्रमुख नेता नै मैदानमा आएको भन्दै नेकपा केपी पक्षका एक नेताले व्यंग्य गरेका छन।

सिन्धुपाल्चोक जिल्लामा प्रचण्ड -नेपाल पक्षमा बागमती प्रदेसका पुर्व मन्त्री अरुण नेपाल , पुर्व मन्त्री शेर बहादुर तामांग,बागमती प्रदेसका पुर्व मन्त्री युवराज दुलाल ,जिसस प्रमुख कृष्ण गोपाल तामांग ,जिल्ला अध्यक्ष झम्क नेपाल लगायतका नेता सक्रिय देखीएका छन भने ओली पक्षमा खेलकुद मन्त्री दावा तामांग , बागमती प्रदेस सभा सदस्य  सरेस नेपाल, हस्त पण्डित , गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठ , जिल्ला अध्यक्ष बाल कृष्ण देउजा लागयतका नेताहरु रहेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।