चन्द्रागिरि १० बाेसीगाउँको कपास उद्याेगमा भीषण आगलागी
कपन अनलाइन
काठमाडौं माघ २२ ।काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका-१० बाेसीगाउँस्थित कपास उद्याेगमा भीषण आगलागी भएकाे छ ।हाेम पाइप कारखाना नजिकै रहेकाे पुराना कपडा पेलेर कपास उत्पादन गर्ने सत्य साई कपास उद्योगमा बुधबार राति आगलागी भएकाे महानगरीय प्रहरी वृत थानकाेटले जनाएकाे छ ।
नेपाली सेनाकाे युद्ध कवच गण सीता पाइला, प्रहरी वृत थानकाेट, प्रहरी प्रभाग वलम्बु लगायतकाे टाेलीले आगाे नियन्त्रणकाे प्रयास गरेको थियो भने आगो नियन्त्रणमा लिन काठमाडाैं महानगरपालिकाका २ र ललितपुर महानगरपालिकाकाे एउटा गरेर ४ वटा दमकल प्रयोग गरिएको थानकाेट वृतका डीएसपी माेहन खाँडले जानकारी दिए ।आगलागीबाट करिब ४५ लाख रूपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । ७ वटा मेसिन पनि जलेका छन् ।
तपाइँको प्रतिक्रिया ।