मानव अधिकार तथा शान्ती समाज काठमाडौँ शाखाको २३ औं जिल्ला साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ,माघ ११। मानव अधिकार तथा शान्ती समाज काठमाडौँ शाखाको २३ औं जिल्ला साधारण सभा तथा असंबैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा बिघटन प्रतिगमन सिलसिलामा बिषयक गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ६ स्थित कुशल ब्यान्केटमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिकि रुपमा पुर्व उपप्रधानमन्त्री एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश मान सिंह रहेका थिए भने बिशेष अतिथिको रुपमा पुर्व स्वास्थ्य मन्त्रि एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा, मानव अधिकारी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,बागमती प्रदेश सभा सदस्य निमा लामा,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल,लोक कवी अर्जुन पराजुली, काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा नं ७ का वडा अध्यक्ष सुद्द डंगोल,नेकपा नेता गोपाल बराल, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, समाजसेवी युवा नेता कुमार राज सुवेदी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, संस्थापक सचिब सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कडेल,सल्लाहकार हेमकान्त चौलागाई, लोक कविअर्जुन पराजुली लगायत मानब अधिकार तथा शान्ति समाजका पदाधिकारी सहित आजीवन सदस्य तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाज नेपाल काठमाडौँ शाखाका सभापति जगन्नाथ पुडासैनीले कार्यक्रम माथि प्रकाश पर्दै अध्यक्षता गरेका थिए भने कार्यक्रम सचालन सचिब इश्वर पुडासैनीले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले मैन बत्ति प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा असंबैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा बिघटन प्रतिगमन सिलसिलामा बिषयमा समाज सेवी एबम मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका पुर्व सभापतिको तर्फ बाट कुमार राज सुवेदी,काठमाडौं महानगर वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा नं ७ का वडा अध्यक्ष सुद्द डंगोल, नेकपा नेता गोपाल बराल, मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार हेमकान्त चौलागाई,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ती नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा प्रतिनीधि सभा बिघटन हुनु असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक रहेको बताएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै मानवअधिकार तथा शान्ती समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले प्रतिनिधि सभा विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखेकाथिए । “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको विचार व्यक्त गर्दै ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक मात्र नभएर प्रतिगमनको यात्रा भएको दाबी गरेका थिए। उनले नागरिक समाज र राजनीतिक दलहरूले एक भएर विरोध गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको सनक र लहडमा भएको प्रतिनिधिसभा विघटनबाट सिंगो नेपाल खुसी हुन नसकेको भन्दै पहाडीले देश र संविधान खतरामा भएकाले राजनीतिक दल, पेसाकर्मी, अधिकारकर्मी र मानवअधिकारवादी सबै जाग्नुपर्ने वेला आएको बताएका थिए ।
उनले प्रतिगमनको यात्रालाई अगाडि बढ्न नदिन प्रधानमन्त्री ओली मात्र नभएर ढुलमुले चरित्रका कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराहरूलाई खबदार भन्न आग्रह गरेका थिए । त्यसै गरि उनले मानब अधिकार तथा शान्ति समाजले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन को बिरुद्द माग १२ गते अपरान्ह १२ बजे बालुवाटार अगाडी बिरोध प्रदर्शन गर्न लागिएको हुँदा त्यसमा सरिक हुनको लागि पनि अनुरोध गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य छिरिंग दोर्जे लामाले बागमती प्रदेशमा कांग्रेसकै कारण अविश्वासको प्रस्ताब पारित गर्ने बातावरण बनेको भन्दै काग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निभाएको जिकिर गरे। उनले काठमाडौंमा बसेर हेटौडाको खबर प्रकाशित गर्ने संचार माध्यमले सत्य तथ्य नबुझी काग्रेसको भूमिका रहेन भनेर लेखिरहँदा उनीहरुलाई हेटौडामा आएर प्रदेश सभामा काग्रेसले निभाएको भूमिका बुझी सत्य तथ्य लेख्न सुझाब दिएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापाले प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो धर्म निभाउन नसकेको स्वीकार गरे। ‘हामीले प्रतिपक्षको धर्म निभाउन सकेनौँ, तर यो संविधानलाई सही बाटोमा ल्याउन हामी सबै लाग्नु पर्ने बेला भएको छ।’ उनले भने, ‘संसद विघटनको विषय अदालतमा पुगेको छ, यसलाई अदालतले पुनर्स्थापना गर्ने छ।’
कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेकाले यसलाई सही बाटोमा आफूहरुले ल्याउनु पर्ने थापाको जिकिर रहेको थियो। उनले भने, ‘अदालतले सही निर्णय गर्छ, मलाई पूर्ण विश्वास छ, अन्याय भयो भनेर मात्र हुँदैन, न्यायको अनुभूति पनि हुनुपर्छ।’छिटोभन्दा छिटो अदालतले सरकारको असंवैधानिक कदमलाई टुंगोमा पुर्याउन पर्ने उनले बताए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व उपप्रधानमन्त्री एबम नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले संबिधान माथि प्रहर हुँदा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए । उनले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउदै प्रधानमन्त्रीको असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए ।ओलीको असंबैधानिक कदमको पक्षमा न उभिने भन्दै प्रदेशमा पनि ओली पक्षमा नलाग्न काग्रेस बाट प्रतिनिधित्व गरेका संसदहरुलाई सुझाब दिएका थिए । कार्यक्रममा लोक कवि अर्जुन पराजुलीले समसामयिक बिषयमा चोटिलो ब्यंग्य सहितको कविता बाचन गरेका थिए ।
फोटो : सरोज बस्नेत