नेकपा इन्द्रावती गाउँपालिका कमिटीको संयोजकमा युवा नेता शशिनाथ आचार्य चयन

कपन अनलाइन

सिन्धुपाल्चोक ,माघ ११ /दिपक विक्रम देउजा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका कमिटीको संयोजकमा युवा नेता शशिनाथ आचार्य चयन भएका छन।

लक्ष्मण  तामाङ सह संयोजक रहेको १५१ सदस्यीय गाँउपालिका कमिटी चयन त गरेको भेलाले  देवराज कार्की संयोजक,रोहित दनुवार सह संयोजक र विशाल आचार्य सचिव रहेको ५१ सदस्यीय अनेरास्ववियु इन्द्रावती गाउँपालिका  कमिटी र दोर्जे लामाको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका युवा कमिटी समेत गठन गरिएको छ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले सिन्धुपाल्चोकमा खेलकुद क्षेत्रको बिकासका लागी आफुले हरसंभव प्रयास गर्ने बताएका छन  । ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ स्थित ऐसेलुखर्कमा आज आयोजित अगुवा कार्यकर्ता भेला एवम प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले अधुरा कामका लागी यस बर्षपनि बजेट बिनयोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए  ।

कार्यक्रममा विशेष अतिथि नेकपा केन्द्रीय कमिटी सदस्य हस्त पण्डितले अहिलेको राजनीति अवस्था र आफूहरूलाई शक्तिको केन्द्र ठान्नेहरुले  अहिले आफ्नो विपक्षमा देख्दा सपना देखिरहेको विचार व्यक्त गरेका थिए।

,नेकपा जिल्ला संयोजक बालकृष्ण देउजाले बैशाखमा हुने निर्बाचनका लागी तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए भने  कार्यक्रममा नेकपा सिन्धुपाल्चोकका पुराना नेता जगन्नाथ आचार्यले कविता मार्फत नेता तथा पाटीको व्याख्या गरेका थिए  भने  रामचन्द्र बस्नेत ,राम बहादुर सुनार,सुब्बा माझीले जिल्लाको राजनीति अवस्था र केही कसैलाई भ्रममा नपरी सिन्धुपाल्चोकको मुल प्रवाह लाग्न आग्रह गरेका थिए।

हिडेर मेलम्ची बजार परिक्रमा गरेका मन्त्री तामांग  ऐसेलुखर्क जानेक्रममा इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले  कालो झण्डा देखाउदैँ रूख ढालेर बाटो अबनरुद्ध गरेका थिए  ।

केहिबेरको अबरोध पछि प्रहहरीको सहयोगमा मन्त्री तामाङ्ग कार्यक्रम स्थलमा पुगेकाउनि  नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि  प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।

तपाइँको प्रतिक्रिया ।