मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष पक्राउ

मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष पक्राउ

कपन अनलाइन

काठमाडौं ,माघ १०।

मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष भरत बहादुर बोहोरा पक्राउ परेका छन् । महानगरी वृत्त ठिमीमा एक महिलाले बोहोराको विरुद्ध जबरजस्ती करणी गरेको आरोपसहितको उजरी दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले ठिमी वृत्तमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा बोहोरालाई पक्राउ गरिएको बताउदै मेडिकल गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले महानगरी वृत्त ठिमीमा पठाउने तयारी गरेको जानकारी दिएका छन ।

‘उजुरी र पक्राउ पुर्जीको आधारमा हामीले बोहोरालाई पक्राउ गरेका हौ’, उनले रामेछाप न्युजसँग भने,‘अब ठिमी वृत्तले नै थप अनुसन्धान गर्छ।’

तपाइँको प्रतिक्रिया ।