काठमाडौं क्षेत्र नं ४ मा गरेका राम्रा कामहरु लिएर जनताको विचमा जाऔ :डा.राजन भट्टराई
कपन अनलाइन
काठमाडौँ, माघ १०।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुढानिलकण्ठको नगर स्तरीय भेला बुढानिलकण्ठ नगरपालिका वडा नं ८ गोल्फुटारमा शुक्रबार सम्पन्न भएको छ। उक्त प्रधानमन्त्री केपी शर्मा ओलीका विदेस मामिला सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य डा.राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षे कार्यकालमा गरेका राष्ट्रवादी काम, विकास निर्माणका कामहरू र विकासका मुद्दाहरुको नेतृत्व गरेकोले जनताले फेरि पनि ओली नेतृत्वको नेकपालाई रोज्ने विश्वास ब्यक्त गरेका थिए ।
राष्ट्रिय परिस्थितिको कारणले तोकिएको समय भन्दा डेढवर्ष अगाडि हुन लागेको निर्वाचन आउँदो बैशाख १७ र २७ मा हुनेमा ढुक्क हुन र भ्रममा नपर्न अनुरोध गर्दै सरकारले गरेको काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान समेत गरेका थिए ।
संसद बिघटन गर्नु प्रधानमन्त्रीको बिषेशाधिकार भएको बताउदै देशलाइ सहि मार्गमा लान निर्वाचनको बिकल्प नरहेको हुँदा सरकारले गरेको राम्रो काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान गरेका थिए ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा सडक खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा साधन र स्रोतले भ्याए सम्म जनताको पक्षमा लगाएर अगाडी बढाउँदा धेरै काम भएको बताउदै तीन वटै सरकारको समन्वय सहकार्यमा जनतालाई केन्द्र भागमा राखेर आफ्ना कार्यक्रमहरु नीति योजनाहरु बढाउदा बिकासले गति लिएको धारणा राखेका थिए ।
डा.भट्टराईले साँढे ३ बर्षको दौरान भएका कामहरु तुलना गरेर हेरीदिन अनुरोध गर्दै बिगतका कुन चाहि सरकार भन्दा यो सरकारले कम काम गरेको छ ? भन्ने प्रश्न गरेका थिए ।