स्थानीयको सहभागिताले विकास निर्माणको काममा अपेक्षित नतिजा दिन्छ : नारायण सिलवाल (बागमती प्रदेश सभा सदस्य )

स्थानीयको सहभागिताले विकास निर्माणको काममा अपेक्षित नतिजा दिन्छ : नारायण सिलवाल (बागमती प्रदेश सभा सदस्य )

कपन अनलाइन

काठमाडौँ, पौष ५ ।काठमाडौं महानगरपालिका वडा नं ४ कृष्ण गल्ली नयाँ कोलनीमा  मनमोहन पार्क निर्माण हुने भएको छ। उपयोगमा नआएको  सार्वजनिक जमिन अतिक्रमण नहोस भन्ने हेतुले काठमाडौं महानगरपालिका वडा नं४ ले मन मोहन पार्क निर्माण गर्न लागेको हो ।

आइतबार एक कार्यक्रमका बीच  नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेलले उक्त  निर्माण हुने पार्कमा बिरुवा रोपी पार्कको शिलान्यास गरेका हुन्।  उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य ब्यक्त गर्दै बागमती प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य नारायण सिलवालले ११ रोपनी क्षेत्रफलमा पार्क निर्माणको लागी बजेट विनियोजन गर्ने महानगरपालिकालाई धन्यवाद दिदै साना ठुला गरी दर्जनभन्दा बढी पार्क ४ नम्बर वडामा बन्दै गरेको उल्लेख गरेका थिए । उनले प्रदेश सभाबाट २०७५/७६ मा ५० लाख रकम विनियोजन भएको बताउदै सो रकम बाट उपभोक्ता समितिले  पर्खाल लगाएर संरक्षणको काम अघि बढाएको स्मरण गरेका थिए।

 उनले सो जमिन सम्म नभएको हुँदा व्यवस्थित ढंगले काम नगरेको खण्डमा क्षति हुन पनि सक्ने हुँदा उपभोक्ता समितिमा रहेकाहरुले राम्रो संग निगरानी तथा अनुगमन गर्न  समेत अनुरोध गरेका थिए। विकास निर्माणको काममा नागरिक सहभागिता भएको खण्डमा  चाडै अपेक्षित नतिजा प्राप्त गर्न  सकिने बताए।

  उनले ४ नं वडा भित्रका अधिकांश सडकहरु कालोपत्रे भईसकेको  र केहि केहि निर्माणको चरणमा अघि बढेको बताउदै फाल्गुन चैत्र भित्र सम्ममा त्यो पनि सम्पन्न हुने बिश्वास ब्यक्त गरेका थिए।  उनले सम्पदा क्षेत्रमा पनि धुम्रबराह,पन्चकुमारी,  पन्चकन्या,  टुडालदेबी  लगायतको सबै ४ वटै क्षेत्रको महत्वपुर्ण सम्पदा क्षेत्रको पुनर्निर्माणको काम व्यवस्थित ढंगले सङ्घीय, प्रदेश र स्थानीय सरकार गरि तीन वटै सरकारको संयुक्त सहकार्यमा काम अघि बढाई रहेको जानकारी गराएका थिए।

  उनले सो काममा स्थानीयको उत्साहजनक सहभागितामा सक्रियता संगै वडा परिवारको मेहनत र उपभोक्ता समितिमा रहेकाहरुको  संयुक्त प्रयासले काम सम्भब भएको जानकारी गराएका थिए। उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा विकासका काम भइरहेको बताउदै  ‘काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्न लायक सहर बनाउन सरसफाइ , हरियाली अभियान र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण भइरहेको बताए  ।

तपाइँको प्रतिक्रिया ।