ओखलढुंगाका अधुरा विकास निर्माणका लागि नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहल
कपन अनलाइन
ओखलढुंगा ,पुस २४।
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगाका अधुरा विकास निर्माणका काम सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । मन्त्रालय पुगेका खतिवडाले विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेट गर्दै ओखलढुंगा जिल्लाका अधुरा आयोजना तत्काल सम्पन्न गराउन ध्यानाकर्षण गराएका हुन् ।
उक्त भेटमा भेटमा मन्त्री नेम्वाङले मिर्चैया–कटारी–घुर्मी सडक स्तरउन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको बताएका छन् ।