गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

कपन अनलाइन

काठमाडौं, पौष २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता आज बाट शुरु भएको छ  ।कोरोनाको कारण खेलगतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको हो।

आज बाट शुरु भएको प्रतियोगिता पौष २५ गते सम्म चल्नेछ कुल १४ टिम सहभागी भएको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उद्घाटन गरेका हुन। उक्त कार्यक्रममा गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ ,वडा सदस्य बालकृष्ण श्रेष्ठ, क्लबका सल्लाहकार राजकुमार श्रेष्ठ, समाजसेवी रामजी श्रेष्ठ ,ज्ञानकुमार श्रेष्ठ, क्लबका पदाधिकारीहरु  सहित खेलाडी तथा खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन  क्लबका सचिब कमल परियारले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ द्वारा  पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा क्लबका सल्लाहकार राजकुमार श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बार्षिक उत्सबको अवसरमा  आयोजित ब्याटमिन्टन प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले आगामी दिनमा सो प्रतियोगिता सदस्यहरु बीच मात्र सिमित नराखी नगर स्तरीय प्रतियोगिता समेत आयोजना गर्नु पर्नेमा जोड दिदै त्यसमा आफ्नो  र नगरपालिकाले समेत सहयोग गर्ने बताए। क्लबले खेलकुदको साथ साथै अन्य सामाजिक तथा जनचेतनामुलक कार्यमा समेत सक्रिय हुनु पर्ने बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।बार्षिक उत्सबको अवसरमा केक समेत काटिएको थियो।गोकर्णेश्वर महादेब मन्दिर परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा  क्लबका सदस्यहरु बीच आयोजित  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन खेल प्रेम कुमार श्रेष्ठ र किरण कार्कीको जोडी संग राजु कर्माचार्य र हरि  शरण श्रेष्ठको जोडी बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक भएको सो खेल मा  प्रेम कुमार श्रेष्ठ र किरण कार्कीको जोडीले  राजु कर्माचार्य र हरि  शरण श्रेष्ठको जोडीलाइ २१ -१७ र २१-१४ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन।

त्यसै गरि आजै भएको दोस्रो खेल बालकृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठ को जोडी संग अनिल श्रेष्ठ र  धर्म श्रेष्ठ को जोडी बीच भएको खेलमा बालकृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडीले अनिल श्रेष्ठ र धर्म श्रेष्ठको जोडीलाई  २१-१३,१५-२१ र २१-१४ को तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ उक्त प्रतियोगितामा प्रथम र  दितीय हुनेले क्रमश नगद रु १० हजार ,७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।