मेरा पाँच मुक्तक : निर्मल रमण पराजुली
कपन अनलाइन
काठमाडौं ,पुस १८।
(१)
देशलाई माया गर्ने मान्छे, राजनितिमा आउनु पर्छ
स्वच्छ छवि भए मात्र, देश हाक्न पाउनु पर्छ
देश र जनता सबै भुली, आफ्नै स्वार्थ पुरा गर्ने
अब जनता मिली एस्ता, नेता पाखा लाउनु पर्छ
(२)
जता हेर्छु उतै देख्छु, पाईलै पिच्छे काल सडकमा
कहिले हुन्छ धुलै धुलो, कहिले हुन्छ ताल सडकमा
फोहोर मैला भिड भाड, जता ततै जामै जाम
कहिले सम्म हेर्नु पर्छ ? यस्तै यस्तै बेहाल सडकमा
(३)
सिउँदोको सिन्दुर पुछिएपछी, हातका चुरा फुटेपछी
जिन्दगिबाट सदाका लागि, पतिको साथ छुटेपछि
मलाई बोक्सि सम्म भन्न, पछि परेन यो समाज
मेरो सुन्दरता मेरो जवानी, समयले सबै लुटेपछी
(४)
सुख होईन दुख पर्दा, हात र साथ दिने पो सच्चा मित्र
हासो भन्दा आशु झर्दा, हात र साथ दिने पो सच्चा मित्र
शत्रु पनि आफ्ना हुन्छन, खुशी र सुखी हुँदा खेरि
दुख पिडाको नदी तर्दा, हात र साथ दिने पो सच्चा मित्र
(५)
तिम्रो साथ पाउँदा जीबन, लाग्छ बहार छाए जस्तो
जीन्दगीमा दुःख सिद्धिई, खुशीका दिन आए जस्तो
आफ्नो भन्दा बढी तिम्ले, मेरो मायाँ गर्दा खेरि
साँच्चै लाग्छ अचेल मलाई, ठुलै बरदान पाए जस्तो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक