ओखलढुंगा घोराखोरीमा नेपाली कांग्रेस चम्पादेवीको विरोध सभा
कपन अनलाइन
काठमाडौं ,पुस १८।
नेपाली काङ्ग्रेस चम्पादेवीले आयोजना गरेको सरकार विरुद्धको विरोध सभा सम्पन्न भएको छ । विरोध सभामा नेपाल ट्रेड युनियनका पुर्व अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान निर्देशक खिलानाथ दाहालको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त विरोध सभामा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति तेजेन्द्र खनाल,जिल्ला सचीव नबराज केसि,रुद्र अधिकारी,महासमिति सदस्य बालकृष्ण दाहाल,कुमार लुइँटेल,नेविसंघ जिल्ला सभापति रोशन महतरा, तरुण दल, नेविसंघ,महिला संघ,दलित संघ र शिक्षक संघलगाएतका नेताको उपस्थिति रहेको थियो।
नेकपा नेतृत्वको सरकारको नकारात्मक क्रियाकलाप,संविधान विरोधी सरकार विरुद्ध नेपाली काङ्ग्रेस सडकमा आउन बाध्य भएकाले विरोध सभा गरिएको नेपाली काङ्ग्रेस जिल्ला सचीव तथा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नबराज केसिले बताएका छन ।
उक्त विरोध सभमा चम्पादेवी गाउँ पालिका वडा नम्बर १,२,३,४,५,६,७,८,९,र १० बाट सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको जुलुसले चम्पादेवी ६ घोराखोरी बजार परिक्रमा गरेको थियो।