बगैँचा : आर्यदेव रिजाल (कविता )

बगैँचा : आर्यदेव रिजाल (कविता )

कपन अनलाइन

काठमाडौं ,पुस १८।

रङ्गीचङ्गी फूलहरू मेरो बारीभरि
माहुरीहरू घुमिराख्छन् फूल वरिपरि
पुतलीका हुलहरू फूलको रस चुस्छन्
माली दाइले बगैँचाको स्याहारसुसार गर्छन् ।।१।।

केटाकेटी दङ्ग परी यताउता गर्छन्
झुक्किएर कोपिलालाई टिपी कतै फाल्छन्
बगैँचाको सुन्दर फूललाई माया गर्नुपर्छ
कोपिलालाई टिप्ने होइन फुल्न दिनुपर्छ ।।२।।

छेउछाउका रुखहरूमा चरा चिरबिर गर्छन्
झिमझिम पानी पर्दाखेरी गुँडभित्र छिर्छन्
बटुवाले बगैँचामा मिठो गीत गाउँछन्
त्यही गीतमा मख्ख परी मस्त निदाउँछन् ।।३।।

एउटा होइन दुइटा होइन सयौँ बिरुवा रोपौँ
खाली ठाउँलाई हराभरा बनाएरै छाडौँ
बगैँचामा शान्ति मिल्छ मन खुसी हुन्छ
यही कुरालाई मनमा राखे सबको कल्याण हुन्छ ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।