मर्दा साथमा के नै लानु छ र ? : डीपी आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस १८।
भू— भवन धन, सम्पत्ति, सुन चाँदी र मोटर ।
ती सबै सौख्यका वस्तु, सबै छोडी जानू पर्दछ ।।
ठग्ने ढाँट्ने र घुस खाने, गरि जो धन कमाउला ।
त्यस्ता अन्यायी कमाइले, परिवारमा के हँसाउला ।।
आखीरिमा मर्छ त्यो धनको, पाप उस्लेई भोग्नुपर्दछ ।
पर्छ त्यो नरक त्यै पापले, त्यो सास्ती कहाँ टर्दछ ।।
यता परिवार भोग्लान, मोज गरि धन लौ यहाँ ।
त्यो एक्लै एमलोकमा गै, खुब सास्ती भोगला उहाँ ।।
त्यै कारण यहाँ हामी, पाप कर्म नगरौं न ।
सुधारौं माथिका मार्ग, त्यागौं लोभ दिन दिन ।।
जाँदैन साथमा जुन चीज, त्यसको लोभ किन गर्दछौं ।
साधा जीवन उच्च विचार, लिई सुकृती छाडी मर्दछौं ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।