लामखुट्टेको गीत : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस ११।
खै छैन छेक्न झुल ? चल्छ दुहाइ मेरो
बाजा बजाइ अब चल्छ रजाइँ मेरो
कानून सम्मत म हूँ अब दाँत गाड्छु
मस्तै चुसी रगत खान्छु, कहाँ म छाड्छु ।
आनन्दले सुत सबै जन मस्त चुस्छु
ओडेर के सिरक भित्र सिधै म घुस्छु
पड्काउला जरुर हात, म भाग्न सक्छु
पाए परिस्थिति स्वयं पछि जाग्न सक्छु ।
बेला भयो अब त सूँड हुनेहरूको
कोठा कुना दलिन भू्रँण हुनेहरूको
निद्रा बिथोल्छ, गुट जाग्छ भनेर जान्नु
जे जे गरे नि अब छूट भनेर जान्नु ।
तन्ना कस्यौ किन चुनीकन पूmलबुट्टे
लागेन रम्दछ भनीकन लामखुट्टे ?
खुट्टा समस्त जगमाथि घुमाउँनेछु
उम्दा बनेर म रवाफ बढाउँनेछु ।
चल्दैन ङिच्च अब चल्छ न क्यै गुनासो
संगीत गुन्गुन गरेँ सुन भै चनाखो
बढ्दैछ रात छु बढीे अझ दङ्ग हेर
गर्नेछु शान्ति जगको सब भङ्ग हेर ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।