देश संकटकाल हुँदै गृहयुद्धतर्फ जाँदैछः डा. सुरेन्द्र केसी

कपन अनलाइन
काठमाडौं, पुस ७  । ’
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताए । उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए । उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र तयसपछि गृहयुद्ध हुन्छ ।’

ओलीको कदम असंवैधानिक भएपनि विगतमा बामदेव गौतम प्रकरणमा अदालतले उनको पक्षमा गरेको फैसला अनुसार बढेमा संसद बिघटनलाई सदर गर्ने विश्लेषण गरे । देशमा लोकतन्त्र नभई लुटतन्त्र मच्चिइरहेको तर्क गरे । अहिलेको विकसित घटनाक्रमले देशलाई सिध्याउन चाहनेलाई फाइदा पुगेको बताए । उनले भने,‘देशमा गम्भीर संकट बढ्दैछ, जनता तत्काल जाग्नुपर्छ र यी नेताहरुलाई दण्डित गर्नुपर्छ ।’ देश सिक्किमिकरणतर्फ बढेको भन्दै देश नै रहने हो होइन भन्ने अवस्था सृजना भएको बताए । डा. केसीले भने,‘अब यो देश रहने छैन, रह्यो भने पनि धान्न सक्नेछैनौं ।’ नेताहरुले यो खतराको बेवास्ता गरेको बताए । डा. सुरेन्द्र केसीले देशमा अहिलेको नेताहरु असफल भइसकेकाले नयाँ विचार र नयाँ अनुहार आउनुपर्ने बताए । ओली र प्रचण्डको मिलन हुँनु नै अन्त हुनु हो भने । केसीले भने,‘अब नेकपा एक हुनै सक्देन ।’ देशमा ओली र प्रचण्ड दुवैले पार्टी हाँक्न खोज्दा संकट आएको बताए । प्रधानमन्त्रीको सिफारिशलाई अदालतले कसरी हेर्छ ? बामदेवको पक्षमा फैसला गरेको स्मरण गराउँदै अदालतले यही शैलीमा बढे सिफारिशलाई सदर गर्ने बताए । प्रधानमन्त्रीको सिफारिश बदरभागी छ भन्दै बामदेवको प्रकरण हेर्दा बदरभागी नहुने बताए ।

तपाइँको प्रतिक्रिया ।