खेल बर्गिकरण हुन्छ : मन्त्री जगत वहादुर सुनार(बिश्वकर्मा)
कपन अनलाइन
काठमाडौं ,पुस ७ ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वकर्मा)ले लागि खेलसंघको बर्गिकरण हुने बताउनु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत,सादन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताउनु भयो ।
राखेपका उपाध्यक्ष शिव कोईरालाले ब्यक्ती एउटा दायित्व धेरै भएको संघमा पाईयो,अब त्यो प्रथाको अन्त्य हुने छ । संघ विबाद सामाधन समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कोईरालाले भन्नु भयो– संघ धेरै भएर राज्यले धान्न नसकेको होईन्,कतिपए संघले गर्ने क्रियाकलाबबाट खेलकुद बदनाम हुदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै भन्नु भयो– नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रमको आयोजना गदैछौ । प्रदेशका खेलकर्मी,खेलाडी,प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ । सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउदै भन्नुभयो कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जाने छन् ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराउनु भयो । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमका राखेप सदस्यहरु,बिभागिय प्रमुखहरु,प्रशिक्षक,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।