श्रीराम सुगर मिल्स लिमिटेडले किसानहरुको बैंक खातामा पैसा जम्मा गर्यो

कपन अनलाइन

काठमाडौं ,पुस ७ ।

श्रीराम सुगर मिल्स लिमिटेडले किसानहरुको   बैंक खातामा पैसा जम्मा गरिसकेको जानकारी दिएको छ।

उद्योगको मिति २०७७ पौष ३ गतेको प्रेश विज्ञप्तीमा सबै तथ्यगत कुराहरु उल्लेख भए अनुसार उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागी उद्योगको बैंक खातामा सम्पूर्ण रकम जम्मा गरि सकेको जानकारी दिएको छ  ।
सो  उद्योगले मिति २०७७÷०९÷०३ मा रु १६,४४,७०,००७÷— (अक्षरेपी रु.सोह्र करोड चौवालिस लाख सत्तरी हजार सात मात्र) र आज मिति २०७७÷०९÷०५  मा थप रु.८,८५,५७,५१९÷— (अक्षरेपी रु आठ करोड पचासी लाख सन्ताउन्न हजार पांच सय उन्नाईस मात्र) गरी जम्मा रु.२५,३०,२७,५२६÷— (अक्षरेपी रु.पचिस करोड तिस लाख सत्ताईस हजार पांचसय छब्बिस मात्र) भूक्तानीका लागी उखु किसानहरुको खाता रहेको बैंकहरुलाई निर्देशन दिई सोही अनुसार किसानहरुको खातामा रकम जम्मा भई रहेको ब्यहोरा सबैमा जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।