किवानी क्लब अफ गोकर्णेश्वर गठन

कपन अनलाइन

काठमाडौं,पौष ५। किवानी इन्टरनेसनल नेपाल डिस्ट्रिक ( K69) अन्तर्गतका किवानी क्लब अफ जोरपाटी र किवानी क्लब अफ काठमाडौं नेपालको स्पन्सरमा किवानी क्लब अफ गोकर्णेश्वर गठन भएको छ। शुक्रबार नेपाल मेडिकल कलेज अत्तरखेल स्थित एन एल एन किचेनमा एक कार्यक्रमका बीच किवानी क्लब अफ काठमाडौँ गोकर्णेश्वर गठन गरिएको हो। बालबालिकाको क्षेत्रमा सामाजिक तथा मानवीय सेवा गर्दै आएको किवानी इन्टरनेसनलले बिभिन्न क्लबमार्फत सामाजिक तथा मानवीय सेवाका काम गर्दै आएको छ ।

 किवानी क्लब अफ काठमाडौं जोरपाटीका चार्टर प्रेसिडेन्ट गोबिन्द काफ्लेको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी,डिस्ट्रिक इलेक्ट गभर्नर एकराज पन्त डिस्ट्रिक गभर्नर मोहन लम्साल, सन्जिब पाण्डे लगायत किवानी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी,किवानी डिस्ट्रिक इलेक्ट गभर्नर एकराज पन्त किवानी डिस्ट्रिक गभर्नर मोहन लम्साल लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा सन्जिब पाण्डेले किवानीको बारेमा ओरेन्टेसन दिएका थिए ।

राजकुमार भण्डारीको अध्यक्षतामा किवानी क्लब अफ काठमाडौँ गोकर्णेश्वर गठन गरिएको हो ।  १८ जना सदस्यीय रहेको उक्त  कमिटिको पदस्थापन समेत गरिएको थियो  ।राजकुमार भण्डारी अध्यक्ष रहेको सो क्लबको सल्लाहकारमा लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी रहेका छन् भने उपाध्यक्षमा दिलिप सिग्देल, प्रेसिडेन्ट इलेक्टमा मधुसुदन सिग्देल,  सचिबमा  राजन खनाल, सह सचिबमा जानबी नेपाल , कोषाध्यक्षमा जनार्दन तिमिल्सिना,सह कोषाध्यक्षमा राम कुमार पौडेल,पी आर मार्केटिंगमा श्रीबहादुर योगी, रबि ढुंगाना,रहेका छन भने सदस्यहरुमा जय राज भण्डारी, फुर्पा लामा तामाङ, राजेश सुवेदी, बिना पौडेल, सुनिता संजेल सिग्देल, सुमन नेपाल, अनिल सापकोटा रहेका छन ।

तपाइँको प्रतिक्रिया ।