कागेश्वरी मनोहरा नगरपालिकामा मंगसिर ३० गते २० जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं पौष १। कागेश्वरी मनोहरा नगरपालिकाले मंगसिर ३० गतेको कोरोना अपडेट सार्वजनिक गरेको छ । जस अनुसार मंगसिर ३० गते थप १३ जना पुरुष र ७ जना महिला गरि  कुल २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

हाल सम्म नगरपालिकामा ४०८६ जना पुरुष र २३७० जना महिला गरि कुल ६४५६ जनाको  पिसी आर परिक्षण गरिएको जनाएको छ ।नगरपालिका भित्र  हाल सम्म १०६४ जना पुरुष र ६८८ जना महिला गरि कुल १७५२ जनामा कोरोना संक्रमण  पुष्टि भएको जस मध्ये ८४४ जना पुरुष र ५१७ जना महिला गरि कुल १३६१ जनाले कोरोना जितेको जनाएको छ ।हाल सम्म नगरपालिका भित्र कोरोनाको कारण १० जना पुरुष र ९ जना महिला गरि कुल १९ जना संक्रमितको मृत्यु भएको उल्लेख गरिएको छ ।संक्रमितहरु मध्ये १ जना पुरुष नगर अस्पतालको आइसोलेसनमा रहेको र होम आइसोलेसनमा १८४ जना पुरुष र १४९ जना महिला गरि कुल ३३३ जना रहेको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।