Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/131074009_419576995864840_5705522220694692933_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/131229988_435593450909862_513589814313882715_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/130753825_452536469075172_4727875469072183436_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब इन्टरनेसनल ३२५ ए१को कपडा बैक मार्फत बिभिन्न संघ संस्थालाइ न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौँ, पौष १। लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत काठमाडौँका उत्तरपूर्व भेगमा रहेका ३५ वटा विभिन्न लायन्स क्लबहरूको सक्रियतामा  बिभिन्न संघ सस्थाहरुलाई कपडा बैंक मार्फत जाडोको लागि न्यानो कपडाको रुपमा कम्बल वितरण गरे संगै लायन्स कपडा बैंक को उद्घाटन गरिएको छ  । मंगलबार  शंखरापुर  नगरपालिका सलम्बुटारमा  मस्तिष्क पक्षघात भएकाहरूलाई  आश्रय प्रदान  गरिरहेको संस्था ‘द्वन्द पीडित तथा अपांग समाज नेपाल’, शुष्मा कोइराला मेमोरियर अस्पताल शंखरापुर , ट्विन अटर फाउनडेसन् कपन  र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई लायन्स क्लब इन्टरनेसनलले कपडा बैंक मार्फत कम्बल वितरण गरेको थियो  ।

शंखरापुर नगरपालिकामा रहेको मस्तिष्क पक्षघात भएकाहरूलाई आश्रय प्रदान गरिरहेको संस्था ‘द्वन्द पिडित तथा अपांग समाज नेपाल’ लाई २६ थान, शंखरापुर नगरपालिकामै रहेको शुष्मा कोइराला मेमोरियर अस्पताललाई ३५ थान, कपनमा रहेको सडक बालबालिकाहरूलाई हेर्ने संस्था ट्विन अटर फाउन्डेसन्लाई १५ थान र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गर्न आउने बिरामीका कुरुवाहरूलाई आवश्यक पर्ने  कम्बल वितरण गरिएको हो।काठमाडौंमा लायन्स क्लबले औपचारिक रुपमा नै कपडा बैंक मार्फत न्यानो कपडा बितरण गरिएको थियो।

सो कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमारराज सुवेदी, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब, , जी एम टि लायन धर्म शरण श्रेष्ठ  माइ एल सी आइ चिफ लायन रमेश लामा, चिफ एओजी लायन बिष्णु भाइ श्रेष्ठ , डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, लायन श्रीचन केसी, लायन राजेन्द्र कोइराला, लायन शर्मिला भट्ट कोइराला लायन भुवन पोखरेल लायन रमेश रिसाल    सहित  बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता काठमाडौँका कपडा बैंक चिफ लायन धुर्व कुमार श्रेष्ठले गरेका थिए भने लायन श्रीधर भण्डारीले कार्यक्रम संचालन गरेका थिए । क्लबले यस वर्ष ५ हजार थान न्यानो कपडाको रुपमा (व्ल्याङ्केट ,कम्मल, स्विटर लगायत जाडोको लागि आवश्यक कपडा वितरण गर्ने लक्ष्य राखेको  कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहारुले समूहमा गरेका कार्य सफल हुने धारणा राखेका थिए।  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै डिस्ट्रिक गभर्नर लाय टंक बहादुर श्रेष्ठले “एक थुकी सुकि सय थुकी नदि”  भन्दै एकजना बाट सहयोग गर्दा केही नहोला तर हामी सबैजना भएर सहयोग गर्न सके अबस्य पनि कार्यक्रम सफल हुने भन्दै कपडा बैंक मार्फत सेवाको कार्य अघि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमारराज सुवेदी माइ एल सी आइ चिफ लायन रमेश लामा, लगायतले शुभकामना मन्तब्य राखेका थिए।

अध्यक्षताको आसन बाट बोल्दै काठमाडौँका कपडा बैंक चिफ लायन धुर्व कुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद ज्ञापन  गरेका थिए ।लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत काठमाडौँका उत्तरपूर्व भेगमा रहेका ३५ वटा विभिन्न लायन्स क्लबहरूको न्यानो कपडा वितरणको लागि बिभिन्न  समिति  निर्माण गरि वितरणको कार्य गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।